काठमाडौँ । सांसद इश्वरबहादुर रिजालले बाँदर आतंक रोकथाम गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले बाँदर नियन्त्रण गर्न अध्ययन टोली बनाउनुपर्ने बताए । दोलखामा बाँदरको प्रकोप बढेको गुनासो गरेका थिए ।
Advertisement
बाँदरले खेती र बसोबासमै समस्या सिर्जना भएको दुखेसो पोखे । संविधानले व्यवस्था गरेको खाद्य सुरक्षाको हक सुनिश्चित गर्न पनि बाँदर नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो । उनले बाली बिमाको सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।