काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने भएकी छन् ।यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै पावरले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने उल्लेख गरेको छ । यूएसएआईडीद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा प्रमुख पावरले नेपालका नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका प्रयासहरू र उपलब्धिहरूबारे छलफल उल्लेख छ ।
साथै, उनले भ्रमणमा नेपालको सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने उल्लेख छ । उनले नेपाल र यसको नेपालको सरकारसँगको हाम्रो संलग्नता बढाउने यूएसएआईडीको प्रतिबद्धतालाई उजागर गर्ने विज्ञप्तिमा उल्लेख छ । उनले संघीयता, सामाजिक समावेशीकरण, नागरिक समाज र मिडिया स्वतन्त्रतामा लोकतान्त्रिक लाभहरूलाई बलियो बनाउन गति निर्माण गर्न नयाँ प्रयासहरूको घोषणा गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
पावल राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् । यसै सातामात्र राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन् । पावलले भ्रमणका क्रममा सबै पक्षहरूसँग भेटघाट र छलफल गर्ने यूसएआईडीले जनाएको छ ।पावर २ वर्षदेखि यूएसएआईडीको प्रमुख छिन् ।