विराटनगर । प्रदेश एकका मुख्यमन्त्री हिक्मतबहादुर कार्की र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री कार्कीलाई बधाई र शुभकामना दिएका छन्। प्रधानमन्त्री प्रचण्डले प्रदेश १ को नामबारे चासो राखेका छन् ।
भेटमा सरकारको काम र विकास निर्माणबारे छलफल भएको कार्कीले बताए । ‘उहाँ प्रधानमन्त्री भएपछि यो पहिलो भेटघाट हो’, कार्कीले भने, ‘प्रदेशको विकास र प्रदेशलाई मजबुत बनाउने विषयमा छलफल भयो ।’
प्रधानमन्त्रीले प्रदेशलाई मजबुत बनाउन शिक्षा, निजामती र प्रहरी ऐन चाँडै ल्याउने आश्वासन दिएका छन् ।उनले प्रदेशको नामका विषयमा पनि चासो राखेका छन् । ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । तर प्रदेश १ ले नाम राख्न सकेको छैन । मुख्यमन्त्री कार्की भन्छन्, ‘मैले चाँडै नाम राख्ने प्रक्रिया अघि बढाउने बताएको छु ।’