काठमाडौँ । आज बस्ने भनिएको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए ।
Advertisement
तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।