काठमाडौं । नेकपा एमालेका अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ । बालकोटमा भएको भेटघाटमा लामिछानेले गृहमन्त्रालय पाउनुपर्ने बताएका थिए ।
Advertisement
नागरिकता विवादमा परेपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । सांसद पद गुमेपछि लामिछाने ३२ दिन उपप्रधान तथा गृहमन्त्री बनेर बाहिरिएका थिए । लामिछानेसँगको भेटमा एमाले अध्यक्ष ओलीले समझदारी कार्यान्वयन हुनुपर्ने बताएको स्रोतले जनाएको छ ।
‘सरकार निर्माण गर्दा जे समझदारी हो, त्यही नै कार्यान्वयन हुनुपर्छ’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘तर प्रधानमन्त्रीको कुरा हो ।’ रविसँगको भेटमा ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए ।