काठमाडौं । निलम्बित क्रिकेटर खेलाडी सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । उच्च अदालतको आदेशपछि लामिछाने धरौटीमा रिहा भएका थिए । उच्च अदालतको आदेशविरुद्ध निवेदन दर्ता भएको हो ।
Advertisement
उच्च अदालत पाटनको पुस २८ गतेको संयुक्त इजलासले शर्तसहित लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश खारेज भएको थियो ।
लामिछानेले भदौ ५ मा एक होटलमा नाबालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । आदेश बेरितको भएकाले खारेज हुनुपर्ने मागदाबी गर्दै सरकारी पक्षले सर्वोच्चमा निवेदन दिएको हो । पुनरावलोकन निवेदनमा सन्दीपलाई थुनामै राख्नुपर्ने मागदाबी गरिएको छ ।