भरतपुर । चितवनमा १८ गते बुधबारदेखि राहदानी (पासपोर्ट) को अग्रिम अनलाइन आवेदन दिन सकिने भएको छ । जिल्ला प्रशासन कार्यलय चितवनले जारी गरेको सूचनामा दिउसो १२ बजेदेखि अग्रिम अनलाइन आवेदन दिन सकिने जनाएको छ ।
Advertisement
राहदानी विभागको पत्रानुसार राहदानी सेवालाई सरल, सहज र झण्झटरहित बनाउन अनलाइन आवेदन दिने व्यवस्था मिलाइएको जनाइएको छ । १ महिनामा ३ हजार जनाले आवेदन दिन सक्नेछन् । दैनिक १ सय २० जनाले पासपोर्टका लागि आवेदन दिन सक्नेछन् । ३ हजार संख्यामा आवेदन संकलन भैसकेपछि फेरी १ महनिाका लागि एकसाथ अनलाइन आवेदन खुल्ला गरिने जनाइएको छ ।