काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “हामी सल्लाह गर्दैछौं । सकेसम्म यो (गठबन्धन) नटुटोस् भन्ने मेरो कोशिस छ ।”
Advertisement
नागरिकता विवादमा परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय गुमाएको थियो । फेरी गृहमन्त्रालय नपाए सरकारनै छाड्ने चेतावनी राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको छ । प्रचण्डले रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ कुनुपर्ने सुझाव आएको बताए ।
माओवादीको पदाधिकारी बैठकले पूर्णपाठ नआउँदासम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव दिएका थिए । प्रचण्डले भने, “अदालतको पूर्णपाठ नआएसम्म आफैंसँग राख्न सुझाव धेरैको छ ।”