काठ्माण्डौ । पाकिस्तानको एक मस्जिदमा आत्माघाती हमलामा परेर मर्नेको स्ंखया ८७ पुगेको छ । पाकिस्तानको पेशावर शहरमा सोमबार एक मस्जिदमा आत्माघाती हमला भएको थियो । आक्रमणमा परी १ सय ५० बढी घाइते भएका छन् ।
Advertisement
५० भन्दा बढीको अवस्था गम्भीर रहेको छ । साँझको नवाजको दौरान मस्जिदमा करिब ५ सय जना उपस्थित थिए । मारिनेमा अधिकांश प्रहरीहरू परेका छन् । प्रहरी लाइनमा गएर आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानी सञ्चारमाध्यम जियो न्युजका अनुसार तहरीक ए तालिबान पाकिस्तान (टिटिपी) ले घटनाको जिम्मेवारी लिएको छ । पेशावरमा गत वर्षको मार्चमा एक शिया मस्जिदमा आत्माघाती आक्रमण हुँदा ६२ जनाको मृत्यु भएको थियो ।