हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा डीपी ढकाल नियुक्त भएका छन् ।आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भक्तपुरका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
Advertisement
भक्तपुर नगरपालिका–१० निवासी ढकाललाई प्रदेश राज्यमन्त्रीसरह सेवा सुविधा रहनेगरी मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लहकारमा नियुक्त गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका ढकाल अर्थ तथा योजना विभागमा पनि छन् । उनले हालै ‘समाजवाद र नेपाल’ नामक पुस्तक सार्वजनिक गरेका थिए । हालसम्म उनका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।