भरतपुर । भ्रष्टाचार विरुद्ध अभियान नेपाल चितवनले आगामी कार्यक्रमबारे छलफल गरेको छ । सरकारी तथा गैरसरकारी निकायलाई भ्रष्टाचारमुक्त बनाउने अभियाननै चलाउनेबारे छलफल भएको थियो ।
महानगरका उपमेयर चित्रसेन अधिकारीले भ्रष्टाचार एक अजिवको प्राणघातक भाइरस भएको टिप्पणी गरे । उनले भाइरस हटाउन एण्टीभाइरसका रुपमा प्रस्तुत हुन जरुरी रहेको बताए । हरेक जनताले निगरानी राख्न सके भ्रष्टाचार न्यूनीकरण हुने बताए । तुर्जमा गोष्ठीमा अधिवक्ता इन्दु कोइरालाले सुचनाको हकबारे जानकारी गराएकी थिइन् ।
भरतपुर महानगरमा २९ वटै वडामा भ्रष्टाचार विरुद्ध सहयोगी समूहहरु गठन भैसकेका छन् । गोष्ठीमा भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, संस्थाका सहसचिव शर्मिला पण्डीत, सहयोगी समूह भरतपुर– १ का संयोजक उद्वव कुमार पीया, वडा न ३ का निवर्तमान संयोजक तारामित्र पण्डीत लगायतले मन्तव्य राखेका थिए ।