जनकपुरधाम । धनुषामा थुनुवा कक्षको पर्खालमा प्वाल बनाएर ६ जना अभियुक्त फरार भएका छन् । क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ६ अभियुक्त फरार भएका हुन् । उनीहरु राती भागेका हुन् ।
Advertisement
भाग्नेहरुमा लागूऔषध मुद्दाका विनोद शर्मा, सार्वजनिक मुद्दाका अमित मण्डल र रोषण यादव, अभद्र व्यवहार सम्बन्धी मुद्दाका हरिविक सिंह तथा हातहतियार मुद्दाका रोषण महतो र शंकर सिंह फरार भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार भएको बताए । उनले फरार अभियुक्तहरूको खोजी भइरहेको बताए ।