भरतपुर । प्रेस सेन्टर नेपाल, चितवन शाखाले आफ्नो १९ औं स्थापना दिवस मनाएको छ । भरतपुरको चौविसकोठीमा दीप प्रज्वलन गरि संगठनले स्थापना दिवस मनाएको हो ।
सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष एवं भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले श्रमजिवी पत्रकारहरुको हक हित र सुरक्षाका लागि संगठन क्रियाशिल रहेको बताएका छन् । उनले स्थापना दिवस आन्दोलनकै एउटा रुप भएको बताए । संगठनको गरिमामय ईतिहासलाई स्थापित गर्न एकताबद्ध हुनुपर्नेमा उनको जोड थियो । संगठनले लिएका निति र निर्देशन पालना गर्न समेत उपाध्यक्ष अधिकारीले आग्रह गरेका छन् ।
कार्यक्रममा केन्द्रिय सचिव शान्ता अधिकारी, केन्द्रिय सदस्यद्वय प्रकाशमणि ज्ञवाली र सन्तोष देउजा, बागमती प्रदेश सचिव सन्तोष देवकोटा, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, अग्रज पत्रकार चिन्तामणि अधिकारी, सुर्य बराल, पश्चिम चितवन पत्रकार मंचका अध्यक्ष अनिल भट्टराई, प्रेस सेन्टर रत्ननगरका कार्यवाहक अध्यक्ष सन्तोष बस्ताकोटी, प्रेस सेन्टर राप्तीका अध्यक्ष गोपाल विश्वकर्मा उपस्थित रहेका थिए ।
संगठन चितवन शाखाका उपाध्यक्ष राजेन्द्र आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रवि अधिकारीले सञ्चालन गरेका हुन् । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरले आज विभिन्न कार्यक्रम आयोजना गर्दै आफ्नो १९ औँ स्थापना दिवस मनाएको हो । प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो । राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा कलम चलाउँदै आइरहेको बताउँदै अध्यक्ष सापकोटाले कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने प्रण गर्नुभयो ।