काठमाडौं । मन्त्री तथा सांसद पद गुमाएका रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । उनी स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारीमा रहेका छन् ।
Advertisement
विहान १० बजेतिर जिल्ला प्रशासन जाने तयारीमा रहेको स्रोतले जनाएको छ । अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम उनले भर्नेछन् । अमेरिकी नागरिकता त्यागे पनि नेपालको नागरिकता पुनर्प्राप्तिको प्रक्रीया पूरा नगरी रास्वपाको सभापति तथा सांसद् बनेका लामिछानेको नागरिकता अवैध ठहर भएको थियो । रवि लामिछाने मंसिर ४ मा चितवन–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, नागरिकता विवादको फैसला भएपछि उनी ३२ दिनमै गृहमन्त्रालयको नेतृत्वबाट बाहिरिएका थिए ।