काठमाडौँ । राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको जीकिर गरेका छन् । शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपक्षी दलले सरकारको समर्थन गर्न नहुने भनेर बुझ्न नहुने बताए ।
Advertisement
कांग्रेसले सरकारलाई विश्वासको मत दिदैमा विपक्षी दलबाट कट्टा नहुने टिप्पणी गरे । संविधानले विपक्षी नेताको व्याख्या गरेको भए पनि विपक्षी दलको व्याख्या नगरेको उनको भनाई छ । पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसदका अधिकांश दलहरुले विश्वासको मत दिएका थिएपछि संसदमा विपक्षी दल को भन्ने बहस चुलिएकाने छ । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालेमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थिएनन् ।