काठमाडौँ । रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलेनै सम्हाल्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यभार लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Advertisement
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो । अमेरिकाको नागरिकता त्यागा गरेर पुनः नेपाली नागरिकता लिन प्रक्रिया नगरेकाले सर्वोच्चको संवैधानिक इजालसाले सांसद बन्न अयोग्य ठहर गरिदिएको थियो ।