भरतपुर । भरतपुर महानगरले निर्माणाधिन आयोजनाहरुको अनुगमन गरेको छ । उपमेयर चित्रसेन अधिकारीले महानगरभित्रका करिब आधा दर्जन योजनाको निरीक्षण गरेका छन् । प्रमुख प्रशाकिय अधिकृत नरेन्द्रकुमार राना, सिनियर डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारी, राजश्व शाखा प्रमुख बिसुराम कुवँर लगायतको टोलिले अनुगमन गरेको हो ।
भरतपुर २९ मा रहेको पात्लेबास र कविलास चोकमा नजिकैकोे सडक, सिमलताल–डुम्रे बेसि सडक लगायतका आधा दजर्न योजनाहरुको निरीक्षण गरेका हुन् । उपमेयर अधिकारीले विकास निर्माणमा ढिलाई गर्नेलाई कारवाही गरिने बताए । उनले विकास निर्माणमा अवरोध पु¥याउने र काममा बहानाबाजी गर्ने दुबैलाई महानगरले कारवाही गर्ने चेतावनी दिए । उनले जिम्मेवारी लिएर पनि तोकिएकै समयमा काम पुरा नगर्नेलाई महानगरले अब छुट नदिने जीकिर गरे ।
Advertisement