काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बलात्कार आरोप लागेका पूर्व कप्तान सन्दीप लामिछाने भने टिममा परेका छैनन् । असोज २० मा पक्राउ परेका लामिछानेलाई उच्च अदालत पाटनले पुस २९ गते २० लाख धरौटीमा रिहा गरेको थियो । सन्दीपलाई निलम्बन गरेर खेलमा फर्काउने भनिएपनि उनी बन्द प्रशिक्षणमा समेत पर्न सकेनन् । नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृङ्खला फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।
बन्द प्रशिक्षणमा परेका खेलाडी
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, आरिफ शेख, दीपेन्द्रसिहं ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, शरद भेषवाकर, ललितनारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सुर्य तामाङ, अबिनाश बोहोरा, विवेक यादव, भिम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, बिक्रम सोब, भुबन कार्की, अंकित सुवेदी ।
क्यानको बन्द प्रशिक्षणमा समेत परेनन् सन्दीप
क्यानको बन्द प्रशिक्षणमा समेत परेनन् सन्दीप
Advertisement
तपाईको प्रतिक्रिया