काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको छ । दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला कांग्रेसले पनि समर्थन गरेकाले राष्ट्रपति चयन गर्दा कांग्रेसको साथ कसरी लिन सकिन्छ भनेर प्रधानमन्त्री प्रचण्डले सोधेका थिए ।
एमालेको प्रस्तावमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विपक्षी गठबन्धनले समेत विश्वासको मत दिएका थिए । बैठकमा सहभागि नेताहरुले कांग्रेसलाई पनि विश्वासमा लिएर सहमति जुटाउने जिम्मा माओवादी केन्द्रको काँधमा आएको बताएका थिए । प्रचण्डले हिजोको बैठकमा पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भनेर पार्टीका स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेक थिए । सभामुख एमालेले पाइसकेकाले राष्ट्रपति चयन गर्दा राष्ट्रिय सहमति खोज्नुपर्ने दबाब परेको छ । एमालेले राष्ट्रपति आँफुलेनै पाउनुपर्ने अडान लिदै आइरहेको छ ।