काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चित बनेको छ । माघ १५ गते बस्ने भनिएको बैठक अनिश्चकालका लागि रोकिएको छ । यसअघि दुई पटक बैठक सारिएको थियो । पुस २२ र २८ गते बस्ने बैठक माघ १५ गतेलाई सारिएको थियो ।
Advertisement
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा विशेष कारणबस बैठक स्थगित गर्नुपरेको उल्लेख छ । मंसिर ४ को निर्वाचनबाट पहिलो दल बनेपनि कांग्रेस सत्ताबाहिर परेको छ । चुनावी गठबन्धन भत्केपछि कांग्रेसले संघीय र प्रदेश दुवै तहका सरकारको नेतृत्व गर्ने अवसर गुमाएको छ ।
प्रतिपक्षमा पुगेर पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि पार्टीभित्र आन्तरिक कलह चुलिएको थियो । सरकारलाई समर्थन गरेपछि आलोचित बनेका सभापति देउवा विवादबाट मुक्त बन्न बैठक सार्दै आएका छन् ।