माघ । चितवनका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले शैक्षिक सामाग्री सहयोग गर्नु भएको छ । अर्जेनटिनाले विश्वकप फुटबल जितेको अवसरमा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका विद्यालयलाई सहयोग गर्नुभएको हो ।
सो अवसरमा अधिकारीले आज (बुधवार) माडी नगरपालिका–४ स्थित खैरहनी माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो । उहाँले विद्यालयका बालबालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सो विद्यालयमा २५ हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री सहयोग गर्नु भएको विद्यायालयका शिक्षक माधव बस्नेतले जानकारी दिनुभयो ।
आज माडीमा एक कार्यक्रमको आयोजना गरि डा.अधिकारीले विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष सुवास कुमार तिवारी, विद्यालयका प्रधानाध्यापक कुलानन्द भुषाल लगायत विद्यालयका शिक्षक कर्मचारीलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो । डा अधिकारीले भरतपुर महानगरपालिकाका दुई र माडीका दुई वटा विद्यालयमा सहयोग गर्ने योजना रहेको बताउनुभएको छ ।
उहाँका अनुसार, माडीको हनुमानझुला र खैरहनी माध्यमिक विद्यालय विद्यालयमा वितरण गर्ने योजना अनुसार शैक्षिक सामाग्री वितरण गरिएको हो ।
भरतपुरका दुई वटा विद्यालय छनोटको चरणमा रहेको उहाँले बताउनुभयो । एक लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री चार वटा विद्यालयलाई वितरण गर्ने योजना भएको उहाँले बताउनुभयो ।