भरतपुर । भरतपुर महानगरपालिकाले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुधबार विदाई गरेको छ । भरतपुर महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीले एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी तामाङलाई बिदाइ गरेका हुन् । अधिकारीले चितवन जिल्लामा रहदा प्रमुख जिल्ला अधिकारी तामाङले पु¥याएको योगदानको चर्चा गरेका थिए । तीन तहका निर्वाचनलाई शान्तीपूर्ण रुपमा सम्पन्न योगदान गरेकोमा धन्यवाद व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी तामाङले चितवन सहित भरतपुर महानगरपालिकाको सेवा गर्ने मौका पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपसचिव गणेश नेपाली, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, महाशाखा तथा शाखा प्रमुख लगाएत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियोे । तामाङ चितवनबाट सरुवा भइ गृह मन्त्रालयमा जादैछन् । उनी चितवनमा १६ महिना बढी रहेका छन् ।