काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई फेरि थुनामै राख्नुपर्ने भन्दै सरकारी वकिलको कार्यालय सर्वोच्च जाने भएको छ । थुनामै राखेर मुद्धाको प्रक्रिया अगाडी बढाउनुपर्ने माग सहित सर्वोच्च अदालत जाने तयारी भएको छ ।
उच्च सरकारी वकिलको कार्यालय पाटनले गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गर्दै सर्वोच्च जान लागेको हो । सर्वोच्च जानका लागि मस्यौदा निर्माण गर्न थालिएको स्रोतले जनाएको छ । भोली या पर्सीसम्म निवेदन दर्ता गर्ने तयारी भएको छ ।
लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा ७३ नम्वरको निवेदन दर्ता गराउन लागेकोछ । जिल्ला अदालत काठमाडांैले नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि लामिछानेलाई थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध लामिछाने उच्च अदालत गएका थिए ।