काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टु वान’ छलफल भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
Advertisement
दुई जनाबीच आसन्न राष्ट्रपति चुनाव तथा राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ । आजै बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनसँग प्रधानमन्त्रीले भेट गरेका थिए ।