भरतपुर । भरतपुर महानगरपालिकाकाले मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु गरेको छ । उपमेयर चित्रसेन अधिकारीले तालिमको उद्घाटन गरेका थिए । तालिममा वडा १ नम्बर देखि १६ नम्बर सम्मका नयाँ मेलमिलापकर्ताहरु सहभागि भएका छन् । सुशासन तथा विकास प्रतिष्ठान काठमाडौको प्राविधिक सहयोगमा सुरु भएको तालिमदेखि १६ गतेसम्म चल्नेछ ।
उपमेयर अधिकारीले न्यायलाई सबैको पहुँचमा पु¥याइने बताए । विवादरहित समाज निर्माण गर्न तालिम सहयोगी बन्ने बताए । उनले न्यायको अनुभूति दिलाउन महानगरले मेलमिलापकर्ताहरुलाई तालिम दिएको बताए । २४ वटा वडाकार्यलयहरुबाट सिफारिस भएर आएका मेलमिलापकर्ताहरुलाइ २ चरणमा विभाजन गरि तालिम दिइने कानुनी मामिला शाखाका कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
सुशासन तथा विकास प्रतिष्ठान काठमाण्डौका प्रमुख महेन्द्र लम्सालले मेलमिलापको माध्यामबाट स्थानीय स्तरमा हुने गरेका विवाद निरुपणमा महत्वपूर्ण भूमिका रहेको बताए । महानगरका कानुनी सल्लाहकार गोपिलाल देवकोटाले मध्यस्थकर्ताको रुपमा मेलमिलाप समितिले काम गर्ने भएकाले स्थानीयलाई सहजता हुने गरेको बताए । यसअघि महानगरले २९ वटै वडामा स्थलगत अनुगमन तथा मेलमिलापकर्ताहरुलाइ निर्देशन एव मेलमिलापकर्ताहरुको विवरण अध्यावधिक गरेको थियोे ।