काठमाडौं । अन्तरिक्षयात्री एड्विन एल्डरिनले ९३ वर्षको उमेरमा विवाह गरेका छन् । जन्मदिनमा पुरानी प्रेमीका डा अन्का भी फौरसँग उनले औपचारिक रुपमा विवाह गरेका हुन् । सामाजिक सञ्जालमा उनले लगनगाँठो कसेको बताएका छन् ।
Advertisement
सानो पारिवारीक जमघटमा उनले विवाह गरेका हुन् । सामाजिक सञ्जालमा उनको चर्चा निकै बढेको छ । नवदम्पतिभन्दै धेरैले उनको जोडीको तस्वीरहरु पोष्ट गरेका छन् । प्रेमी–प्रेमिका भाग्ने उमेरका युवायुवतीजस्तै आफूहरू आल्हादित भएको उनले लेखेका छन् ।
एल्डरिनले अन्तरिक्षयात्री निल आर्मस्टङसँगै एपोलो ११ मा चद्रयात्रा गरेका थिए । सन् १९६९ को जुलाई २० मा आर्मस्टङसँगै चद्रमाको सतहमा पाइला राखेका थिए । चन्द्रमामा मानव पु¥याएर सुरक्षितरूपमा उनीहरूलाई पृथ्वीमा फर्काउने तत्कालीन राष्ट्रपति जोन एफ् केनेडीको वाचा उनीहरूले पूरा गरेका थिए ।