काठमाडौं । प्रतिनिधिसभा उपसभामुखको निवार्चन सुरु भएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् । (रास्वपा)की इन्दिरालाई सत्ता गठबन्धनको समर्थन छ । इन्दिराको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।
कांग्रेसकी मुक्ताकुमारी विपक्षी दलबाट उम्मेदवार छिन् । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् ।
यता उपसभामुखको निर्वाचन अगाडि राजनीतिक दलहरु छलफलमा जुटेका छन् । सभामुख देवप्रसाद घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुने गरी सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठक संसद भवन, नयाँ बानेश्वर शंकर हलमा बसेको थियो ।