जनमत पार्टीका अध्यक्ष सिके राउतले एमाले इतरले राष्ट्रपति पाउने सम्भावना रहेको बताएका छन् । भागबण्डाको राष्ट्रिय सहमति अनुसार राष्ट्रपति सत्ता गठबन्धन बाहिर जानसक्ने उनले बताए ।
सेतोपाटीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । एमाले माओवादी गठबन्धनमा संशय झल्किने उनले बताए । यस हिसाबले त अहिलेको सत्ता साझेदार दलहरूको गठबन्धन राष्ट्रपति चुनावमा पुग्दा त टुट्न पनि सक्छ ? भन्ने प्रश्नमा राउतले भने, ‘गठबन्धन त यहाँ एक घण्टामै कताबाट कता पुग्छ थाहा हुँदैन । किनभने यो पदीय बाँडफाँटका लागि मात्रै गठबन्धन छ । हरेक पद अनुसार गठबन्धन भन्दा पनि भयो ।’
अहिले गरिएको मन्त्रीपरिषद विस्तारमा जनमत पार्टी असन्तुष्ट छ । उृनले यसबारे प्रधानमन्त्रीसँग छलफल गरेर सहमति खोजिने बताए ।कुनै समय मधेसलाई छुट्टै देश बनाउने अभियान चलाएका राउत यतिबेला त्यो अभियान छाडेर मूलधारको राजनीतिमा छन्। उनको पार्टी सरकारमा समेत सामेल छ ।