काठमाडौँ । पोखरामा भएको विमान दुर्घटनामा ज्याान गुमाएका २४ जनाको शव पहिचानमा कठिनाई भएको छ । आइतबार पोखरामा यती एयरको विमान सेती नदी खोँचमा दुर्घटनामा परेको थियो । विमानमा ७२ जना सवार थिए । सग्लो शरीर भएका २२ जनाको शव पोखराबाटै आफन्तीलाई बुझाइएको थियो ।
४८ जनाको शव काठ्माण्डौ ल्याइएको थियो । पहिचान हुन नसकेका शवहरु त्रिवी शिक्षण अस्पतालमा राखिएको छ । पुरै शरीर जलेका शवहरु हेरेर परिवार तथा आफन्तीले चिन्न नसकिने अवस्था छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागले मृतकका आफन्तीहरुलाई शव पहिचानमा सहजीकरण गर्न अनुरोध गरेको छ । दाँत, शरीरको बनावट, दागहरु, ट्याटु, लगाएका कपडाहरुबारे सूचना अर्थात एण्टीमोटम डाटा मागेको हो । विशेषज्ञ डाक्टर गोपाल चौधरीले एण्टीमोटम डाटा भएमा शव पहिचान गर्न सहज हुने बताए ।
जलेका शवहरुको दाग, खत नदेखिएकाले शव पहिचान गर्न कठिनाई भएको बतताए । डीएनए परीक्षणको रिपोर्ट आउन करिब ३ महिनासम्म समय लाग्ने भएकाले दाँतको अवस्था र आकारको सूचनाका आधारबाट पहिचान गर्ने प्रयास भैरहेको बताए । डीएनए परीक्षणको प्रक्रिया लामो हुने भएकाले पोस्टमार्टम र एन्टिमोटमबाट शवको पहिचान गर्न खोजिएको बताए । अन्र्तराष्ट्रिय मापदण्डमा आधारित भएर पहिचान गर्ने प्रयास भैरहेको बताए ।