चितवन ।नेविसंघले नेपाली काँग्रेस चितवनको जिल्ला पार्टी कार्यालयमा आज ताला लगाईदिएको छ ।विकास कोईराला निकट नेपाल बिद्यार्थी संघ चितवनका उपाध्यक्ष प्रकाश भण्डारीको नेतृत्वको समुहले पार्टी सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी लगाएको हो ।
Advertisement
नेविसंघ जिल्ला नेतृत्वमा मनोमानी ढङ्गले एक जनाको मात्रै नाम सिफारिस गरिएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् ।नेविसंघको केन्द्रीय परिपत्र अनुसार नेविसंघ जिल्ला अध्यक्ष चयनको लागि तीन जानाको नाम सिफारिस गरेर पठाउनुपर्ने हो । सप्तगण्डकी नेविसंघका पुर्व सभापति राजेश भुषाललाई जिल्ला सभापति सिफारिस गरिएको बताईएको छ ।
तर एकलौटी सिफारिस गरिएको उनीहरुको आरोप छ ।अहिले पार्टी कार्यालयमा कमलनगरमा कडा सुरक्षा व्यवस्था छ । झडप हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन् ।