काठमाडौं । स्वास्थ्यमा सुधार देखिएपछि पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन् । गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा काठमाडौं ल्याएर ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।
Advertisement
सुमेर अस्पतालमा एक साता उपचार गरेपछि आज शुक्रबार अस्पतालले डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ ।अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएका छन् ।
लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माले केही दिनअघि दिएको जानकारी अनुसार पुनको कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ ।जन्डिस रोगबाट पीडित पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।