काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । शुक्रबार प्राधिकरणबाट ब्रिफिङ लिने क्रममा मन्त्री किरातीले वित्तीय र आर्थिक अनुशासनको पूर्ण रुपमा पालना गर्न प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिए ।
Advertisement
मन्त्री किराँतीले बाहिर केही नराम्रा कुरा सुनेको र यदि त्यस्तो हो भने मन्त्रालयबाट नै निर्णय गरेर अख्तियार पठाउने बताए ।आफू पैसाको लागि राजनीति गर्न नआएको भन्दै मन्त्री किराँतीले थपे, ‘मेरो बुवा ब्रिटिस आर्मी हो । मन्त्री हुन्छु भनेर राजनीति गरेको होइन । नीतिको कारण आयो भने मलाई भन्दा हुन्छ ।’
क्यानका कर्मचारीसँग भएको छलफलमा मन्त्री किराँतीले नियामक निकायले गर्नुपर्ने र कुनै समस्या आयो भने त्यसको समाधान गर्न आफू लागिपर्ने बताए ।