काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वभौमसत्ता, स्वतन्त्रताका लागि कसैसँग कुनै सम्झौता गर्न नहुने बताएका छन् । एमालको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओली छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखल्ने बताए ।
ओलीले भने, ‘दुईटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं ।हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’ उनले अघि भने, ‘हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं । भलो चिताएर उनीहरुलाई सहयोग पु¥याएर उनीहरुका जायज चासो, चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौं ।
छिमेकमा बसेर छिमेकको अहित गर्ने काम गर्नु नहुने ओलीको भनाइ छ ।नेपाल छिमेकीको विल्कुलै कुभलो नगरिकन उनीहरूको चासो र चिन्तालाई सम्वोधन गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो–चिन्तालाई सम्बोधन गरेर अगाडि जाने उनले बताए ।