काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति बनेको एक पदाधिकारीले बताए ।
Advertisement
उनले भने, ‘उहाँ (मुक्ता) लाई उम्मेदवार बनाउनेबारेमा लगभग सहमति भइसकेको छ । हामी अन्य दलसँग पनि छलफल गरिरहेका छौं । केही समयपछि औपचारिकरूपमा निर्णय होला ।’
बिहीबार भएको सभामुखको निर्वाचनका कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले मतदान गरेका थिए । सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुख उम्मेदवारमा अघि सार्ने निर्णय गरेको छ ।