भरतपुर । अभिनेता विपिन कार्कीले उपप्रधान तथा गृहमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसँग भेट गरेका छन् । गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डोलप्रसाद अर्यालसँग भेट भएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।
Advertisement
दुवै मन्त्रीहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद भएका हुन् । उनले लेखेका छन्, ‘उर्जावान र मुलुकहितको सोच बोकेका मन्त्रीहरुलाई स्वागत गर्दै… नयाँ भन्दा पनि राम्रो मुलुकको अपेक्षा… जय राष्ट्र’ ।