काठमाडौं । सत्तारुढ दलबाट उपसभामुखमा इन्दिरा रानामगरलाई उम्मेदवार बनाउने भएको छ । उनी राष्ट्रिय स्वतन्त्र पाटीबाट प्रतिनिधि सभा सदस्य बनेकी हुन् । आज विहान बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले रानामगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
Advertisement
सांसद सोविता गौतमलाई उपसभामुख बनाउने चर्चा चलेपनि पार्टीले रानामगरलाई उम्मेदवार बनाउने भएको हो । प्रस्तावकका रुपमा भने सोविता गौतम रहने भएकी छन् । उपसभामुखको निर्वाचन भोलि शनिबार हुनेछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसोे १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भैसकेका छन् ।