काठ्माण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमन अझै नसच्चिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोकतनत्र, गणतन्त्र अत्यन्तै धरापमा परेको तर्क गरे ।
Advertisement
उनले शक्ति केन्द्हरुले चाहेको खेल नेपालमा खेल्ने वातावरण बनेको भन्दै चिन्ता व्यक्त गरे । उनले नवनियुक्त मन्त्रीहरुको विगतका कामको रेकर्डले मुलुक थप अप्ठ्यारो अवस्थामा जाने जीकिर गरे । उनले संसद, सरकारको बनावट र सरकारमा सामेल भएका दलहरुको विगत र वर्तमानले झन झन अप्ठ्यारोमा गएको बताए ।
उनले कांग्रेसले प्रतिपक्षमा बस्ने भनेपछि प्रधामन्त्रीलाई विश्वासको मत दिएकोमा उनले असन्तुष्टी जनाए । उनले सभामुखमा कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताए ।