काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताए । उनले मधेसवादीदलहरुलाई समेत समेट्नुपर्ने बताए ।
Advertisement
उनले भने, “मधेसी पार्टीलाई धकेलेर अगाडि जान खोज्नुभएको हो ? हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरू एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन? त्यो ठूलो कुरा हो।” उनले सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरूलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए ।