प्रतिनिधि सभामा प्रमुख विपक्षी दल तोक्न नेपाल मजदुर किसान पार्टीले माग गरेको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेमकिपा सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा प्रमुख विपक्षी दल भएको दाबी गरे । प्रतिनिधि सभामा नेमकिपाबाट १ जना मात्रै सांसद छन् ।
Advertisement
उनले संसद बैठक स्थगित गरेर भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन् । नेमकिपा र राष्ट्रिय जनमोर्चाले गत पुस २६ गते सरकारलाई विश्वासको मत दिएका थिएनन् ।
सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले आफूहरू विपक्षी दल भएको दाबी गर्दै आएको छ ।