काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय विधि र पद्धतिभन्दा एक इन्च बाहिर ननिस्किने जीकिर गरेका छन् । कांग्रेस सांसद रामहरि खतिवडाले सदनमा हत्या अभियोग लागेका सांसद सदनमा भएको सुनिएकाले उनले मतदानमा भाग लिन पाउने वा नपाउने निर्णय गर्न गृहमन्त्रीलाई आग्रह गरेका थिए ।
Advertisement
गृहमन्त्री लामिछानेले भने, ‘फरार रहनुभएका मानिस संसद्मा हुनुहुन्छ, पक्राउ गर्न भन्नुभयो, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम, एक इन्च बाहिर निस्किँदैन। म यसको ग्यारेन्टी गर्न चाहन्छु।” उनले छानविनमा कुनै दबाब र प्रभाव पर्न नदिने बताए ।