काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङले निषेधको राजनीति अन्त्य गर्नुपर्ने बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘जनताले सबैलाई मिलेर काम गर्नको लागि सन्देश दिएका छन् ।
Advertisement
त्यही प्रक्रियाअनुसार हामी प्रतिनिधिसभाको नेता चयन गर्दैछौं ।’ उनले जवाफदेहिता र पारदर्शीतालाई ख्याल गर्नुपर्नेमा जोड दिए । सभामुखले सबै सांसदलाई एकजुट बनाएर संसदलाई अगाडि बढाउनुपन बताउनुभयो ।