काठमाडौं । प्रतिनिधिसभाले आज नयाँ सभामुख चयन गर्दैछ । सभामुख चयनको कार्यसूचीमा दलका शिर्ष नेताले सम्बोधन गरिरहेका छन् । सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरेका थिए ।
Advertisement
घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् । न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन् ।
घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन् । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ । एमालेका घिमिरेका लागि सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत छ ।