काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई भेटघाट गरेका छन् ।
महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर मृतकका परिवारलाई भेट गरेका हुन् ।
Advertisement
यती एयरको जहाज पोखराको सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो । सहज रुपमा परिवारजनले शव पहिचान गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । शवहरुको वैज्ञानिक रुपमा पहिचान गर्न आवश्यक विधिहरु छिटै प्रयोग गरेर गरेर परिवारलाई बुझाउन निर्देशन दिएका छन् ।
सरकारले शव पहिचानका लागि गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । मृतकका परिवारले शव प्राप्त गर्न ढिलाई भएको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेका थिए ।