काठमाडौं । गठबन्धनलाई जोगाउन नसकेको नेपाली कांग्रेस यतिबेला पहिलो दल बनेरपनि सत्ताबाहिर पुगेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख, राष्ट्रपति पदमा आँखा उघारेको छ ।
Advertisement
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति कांग्रेसले प्रस्ताव गरेकै व्यक्ति हुने जीकिर गरेका छन् । सञ्चारकर्मीहरुसँग उनले भने, “राष्ट्रपति नेपाली कांग्रेस पार्टीले प्रस्ताव गरे बमोजिमको बन्नुहुनेछ, अहिलेलाई यतिमात्रै कुरा गरौं ।”
उनले सभामुख चयनपछि राष्ट्रपति बनाउनेबारे नयाँ कोर्ष सुरु हुने संकेत गरेका छन् । उनले भने, “शितल निवासमा नेपाली कांग्रेसले प्रस्तावित गरेको व्यक्तित्व राष्ट्रपतिको रूपमा तपाईंहरूले देख्नुहुनेछ ।” वर्तमान सत्तारुढ गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति छ ।