काठमाडौँ । प्रतिनिधि सभाको सभामुखका लागि एमालेका देवराज घिमिरेले र नेपाली कांग्रेसले ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धन दलको तर्फबाट एमालेका घिमिरेले प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराए भने कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।
एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादीका हितराज पाण्डे,रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनको समर्थनमा घिमिरेले उम्मेदवारी दिएका हुन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
यस्तै कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।
यसैविच, नेपाली कांग्रेसले सभामुख र उपसभामुख निर्वाचनको विषयमा सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गरेका छन् ।