काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा गएका सुदन किराती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए । उनले आजै सपथ लिएका छन् । उनी सहित अन्य उपप्रधान एवं मन्त्रीहरुले पनि सपथ लिएका थिए । राष्ट्रपति भवन शितल निवासमा पुगेका उनी अन्य भन्दा फरक भेषमा देखिए । अन्य मन्त्री दौरा, सुरुवाल र कोट सहित राष्ट्रपति निवास पुगेका थिए । तर किराती भने सट पाईन्ट, कोट टाई सहित पुगे ।
२३ सदस्यीय प्रचण्ड क्याविनेटमा त्यो भेषमा उनी मात्रै देखिएका हुन् ।माओवादी केन्द्रमा खरो छवि बनाएका किरातीका अभिव्यक्ति क्रान्तिकारी सुनिने गर्छन् । माओवादी सिद्धान्तमा अडिक किराती बैचारिक बहस गर्न पनि कमजोर छैनन् । पार्टीभित्र युवाहरुको नेतृत्व स्थापित गर्न उनी सक्षम भएका छन् ।
जनतासँगै रहेर जनताको गुनासो रुचाउने उनले अहिले राज्यको कार्यकारी जिम्मेवारी पाएका छन् । मन्त्री नियुक्त हुने पक्का हुने भएपछि विहान अस्पतालमा भेट्न पुगे । बुवासँग मन्त्री हुन लागेको सुनाएका उनले बुवाको शुभ आर्शिवाद लिएका थिए ।