काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाका पहिचान नभएका शवहरुलाई भोली मंगलबारसम्म काठ्माण्डौ पु¥याइने भएको छ । काठ्माण्डौबाट शव लिन नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ । सोमबारमात्रै सबै शव लैजान नसकिने भएकाले मंगलबारसम्म पहिचान हुन नसकेको शवहरुलाई लैजाने जनाइएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले पहिचान भएका शव पोखराबाटै आफन्तीको जिम्मा लगाइने बताए । शवहरुको पोगटमार्टम पछि बल्ल आफन्तीहरुलाई जिम्मा लगाइने छ । शव लिन पोखरामा जम्मा भएका आफन्तीहरुले समयमै शव बुझ्न नपाएको भन्दै आक्रोशित भएका छन् । शव पोष्टमाटर्म गर्न त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका चिकित्सकको नेतृत्व सहित पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य संस्थाका फरेन्सिक विज्ञ चिकित्सकबाट शवको परीक्षण तथा वर्गीकरणको काम भैरहेको छ । २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । बाँकी ४५ जनाको शव भने काठमाडौं पठाइने भएको छ ।
६९ जनाको शव फेला परेको छ । जसमध्ये ४१ जनाको शव पहिचान भएको छ । आइतबार यती एयरको विमान अवतरण गर्ने क्रममा सेती नदीको खोँचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दलका सदस्य सहित ७२ जना सवार थिए । जसमध्ये १५ जना विदेशी थिए । सो विमानमा ३ बालक, ३ शिशु, २५ जना महिला, ३७ जना पुरुष सवार थिए ।
पोखरामा पोस्टमार्टम हुनेहरुको नाम :
त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रशिद्धी पौडेल, जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, संगीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल
निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा. गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सिता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ, शिवकुमार गुरुङ