काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचिमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेको छ । डिजेलको मूल्य भने घटेको छ ।
Advertisement
डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । आईओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यसूचि पठाएको हो । हरेक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूचि आउने गर्छ ।