काठमाडौं । सत्तारुढ दलले आज (सोमबार) साँझ मन्त्रालय बाँडफाट टुंगो लगाउने भएको छ । साँझ बस्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाटको समझदारीलाई अन्तिम निष्कर्षमा पु¥याउने छ ।
Advertisement
मन्त्रीमण्डल विस्तारबारे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज विहान बालकोटमा ५ घण्टा छलफल भएको थियो । कुन दलले कुन मन्त्रालय पाउने लगभग निश्चित भैसकेको छ । संयन्त्रको बैठक पछि दलहरुले मन्त्री छान्नेछन् । संयन्त्रको संयोजक पूर्वप्रधानमन्त्री ओली रहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन् । उनले कांग्रेससँग भोली छलफल हुने बताएका थिए । यसैबीच उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सत्तारुढ दलहरु एकैठाउँमा रहेको बताएका छन् । उनले छिटै आवश्यक निर्णय हुने बताए ।