पोखरा । पोखरामा भएको विमान दुर्घटनाका मृतकहरुको शव पहिचान कार्य जारी छ । हालसम्म ३८ जनाको शव पहिचान भएको छ । शव पहिचान गर्न काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा पुगेका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् ।
Advertisement
दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टोली खटिएको छ । पोखरा र आसपासमा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गरिदैछ ।
अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी छ । दुर्घटनामा परेको यती एयरको सो विमानमा ७२ जना सवार दिए । दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ ।